मंगलबार, फागुन २६, २०८२

दुई महिनापछि खुल्यो सुदूरपश्चिम विश्वविद्यालयको ताला

 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

दोधारा चाँदनी- सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ। विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो। 

National life

विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम समायोजन गर्ने र गत भदौमा परीक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियुका नेतालाई लगाएको मुद्दा फिर्ता लिने सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको अनेरास्ववियुका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए। 

केन्द्रीय कार्यालयमा साउन १ गते नेकपा (एमाले) निकट अनेरास्ववियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो। यी दुई संगठनसँग सहमति भएर यसअघि नै ताला खुले पनि समाजवादी निकट विद्यार्थी संगठनको कारण ताला खुल्न सकेको थिएन। 

समाजवादी निकट अनेरास्ववियुका माग पूरा गर्ने सहमतिपछि आज विश्वविद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए। ‘विद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच सहमतिपछि केन्द्रीय कार्यालयको ताला खुलेको छ’, विष्टले भने, ‘ताला खुलेपछि विश्वविद्यालय प्रशासनको काम सञ्चालन भएको छ।’

प्रकाशित: Sep 28, 2023| 20:21 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्