शुक्रबार, असार १३, २०८२

सुमो चालक आचार्यको शव शंकास्पद अवस्थामा भेटियो

 |  बिहीबार, असोज ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

vianetvianet

खोटाङ- रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। यात्रुवाहक सुमो ऐसेलुखर्क-काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव आज सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्वार) नजिकै मृत फेला परेको हो। 

चालक आचार्यको शव भेटिएको ठाउँको प्रकृति हेर्दा शङ्कास्पद अवस्था देखिएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिनुभएको छ। ‘आचार्यको शव वडा कार्यालय जाने बाटोको डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुईवटा काठको मुढोले किचेको अवस्थामा फेला परेको छ’, उनले भने, ‘आचार्यको साथमा मोबाइल र बेल्टमा बाँधिएको गाडीको चाबीसमेत भेटिएको छ। यस विषयमा गहिरो अनुसन्धान गर्नुपर्ने अवस्था देखिएको छ।’

बुधबार बेलुकाको खाना खाएर कोठा जानेक्रममा डिलमा राखिएको काठको मुढोसँगै खसेर आचार्यको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरीक्षक हरि बरालले बताए। ‘मृतकका आफन्त घटनास्थलमा आइपुगेका छैनन्। उनीहरू आइपुगेपछि मात्रै उनको शव परीक्षण गर्ने कुरा भएको छ’, उनले भने, ‘घटनाबारे प्रहरीले गर्ने अनुसन्धान भइरहेको छ। अहिले नै केही भन्न सकिने अवस्था छैन।’

दुई छोराका बुबा सुमो चालक आचार्यको मृत्यु भएको खबर पाएपछि उनका आफन्तहरू काठमाडौंबाट घटनास्थल आउँदै गरेको जनाइएको छ। घटनास्थलको प्रमाण सुरक्षित राख्न आचार्यको शव वरिपरि प्रहरीले घेरा हालेर राखेको छ। 

प्रकाशित: Sep 28, 2023| 18:03 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्