काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत संवैधानिक निकायका उच्च अधिकारीहरु न्युरोडबाटै हिँडेर इन्द्रजात्रा हेर्न वसन्तपुर पुगेका छन्।
राष्ट्रपति पौडेललगायतका उच्चपदस्थहरु जुद्धशमशेरको शालिकदेखि वसन्तपुरसम्म इन्द्रजात्रा हेर्न हिँडेर गएका हुन्। राष्ट्रपतिलगायतका उच्च पदस्थलाई काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले स्वागत गरिन्।
इन्द्रजात्रा हेर्न सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत संवैधानिक निकायका प्रमुखहरु यतिबेला इन्द्रजात्रा हेर्न हनुमानढोकास्थित वसन्तपुर पुगेका छन्।
हरेक वर्ष काठमाडौंको हनुमानढोका दरबार परिसरमा मनाइने इन्द्रजात्राअन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथजात्रा अवलोकनका लागि राष्ट्रप्रमुखका रुपमा रहेका राष्ट्रपति वसन्तपुर पुग्ने चलन छ।