आइतबार, जेठ २४, २०८३

नायिका निरुता सिंहले मनाइन् जन्मदिन

निरुताले हालै सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन्। 
 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०
National life
Shivam cement

काठमाडौं– बलिउड नगरी मुम्बईमा रहेकी अभिनेत्री निरुता सिंहले श्रीमान्सँगै जन्मदिन मनाएकी छन्। उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जन्मदिन मनाएको भिडियो र फोटो पोस्ट गरेकी हुन्। 

निरुताले भिडियो पोस्ट गर्दै लेखेकी छन्, ‘अघिल्लो रातको कुरा। मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई हृदयदेखि धन्यवाद।’ निरुताको पोस्टमा धेरैले जन्मदिनको शुभकामना दिएका छन्। 

निरुताले हालै सञ्जीव गुलाटीसँग विवाह गरेकी हुन्। दुवै हातमा रातो चुरा, मंगलसूत्र र हरियो रङको सर्ट र स्कर्ट लगाएकी उनी भिडियोमा बिछट्टै सुन्दर देखिएकी छन्।

प्रकाशित: Sep 28, 2023| 14:08 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्