बुधबार, भदौ ३१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वआईजीपी प्रधानको सुरक्षार्थ खटिएका पीएसओकी पत्नी गोली लागेको अवस्थामा भेटिइन्

पूर्वआईजीपी प्रधानको सुरक्षार्थ खटिएका पीएसओकी पत्नी गोली लागेको अवस्थामा भेटिइन्

पूर्वआईजीपी प्रधानका पीएसओ लक्ष्मणकी पत्नी शर्मिला गोली लागेको अवस्थामा डेरामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको हो।
 |  बिहीबार, असोज ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ११, २०८०

काठमाडौं– पूर्वआईजीपी ध्रुवबहादुर प्रधानको सुरक्षामा खटिएका (पीएसओ) असई लक्ष्मण चौधरीकी पत्नी गोली लागेको अवस्थामा भेटिएकी छन्।

पूवआईजीपी प्रधानका पीएसओ लक्ष्मणकी पत्नी शर्मिला गोली लागेको अवस्थामा डेरामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको हो। घटना हुँदा पति असई लक्ष्मण डेरामा थिएनन्।

काठमाडौं महानगर–४ पञ्चकन्यास्थित डेराबाट शर्मिलालाई उद्दार गरेर शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले पुष्टि गरे। शर्मिलाको कोखामा गोली लागेकाले पतिले बोक्ने पेस्तोलबाट आफैंले गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित: Sep 28, 2023| 12:00 बिहीबार, असोज ११, २०८०
प्रतिक्रिया दिनुहोस्