शुक्रबार, असार १३, २०८२

नौ दिन उभिएपछि ईः र महानगरबीच सहमति [पत्रसहित]

 |  बुधबार, असोज १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

vianetvianet

साना सडक व्यवसायीलाई विकल्पबिना विस्थापित गरिएको भन्दै प्रदर्शनरत ईः र काठमाडौं महानगरपालिकाबीच सहमति जुटेको छ। 

बुधबार बेलुका भएको वार्तामा चार बुँदे सहमति भएको हो।

अभियन्ता ई: ९ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिरहेका थिए।

 सहमतिपछि ईः पक्षले पत्रकार सम्मेलनमार्फत सहमति भएको भन्दै आन्दोलनका कार्यक्रम स्थगित भएको घोषणा गरेको छ।

सहमतिमा फुटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ।

त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ। समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकारका प्रतिनिधि रहनेछन्।

यस्तो छ सहमतिपत्र

प्रकाशित: Sep 27, 2023| 21:32 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्