बुधबार, भदौ ३१, २०८३

अन्त्येष्टि गर्न लागेको शव प्रहरी नियन्त्रणमा

 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

सर्लाहीको रामनगरमा बुधबार दिउँसो अन्तिम संस्कारका लागि तयारी गर्दै गरेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले अनुसन्धानका लागि मृतक महिलाका श्रीमान्, ससुरा र देवरलाई पनि पक्राउ गरेको छ।

रामनगर गाउँपालिका–१ खैर्वा बस्ने सुनिल साहकी श्रीमती वर्ष २१ की मनिषा साहको शव प्रहरीले शंका लागेर जलाउन लागेको अवस्थामा खोलाबाट नियन्त्रणमा लिएको हो। महिलाको शंकास्पद मृत्युको सूचना पाएलगत्तै नजिकको मनुष्मारा खोलामा जलाउन ठिक्क परेको अवस्थामा शव नियन्त्रणमा लिइएको हो। महिलाको घाँटीमा निलडाम देखिएको छ।

महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको छ। 

 

प्रकाशित: Sep 27, 2023| 19:59 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्