बुधबार, जेठ १३, २०८३

सगरमाथाबाट प्याराग्लाइडिङ गर्न पाइने

 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

काठमाडौं- सरकारले सगरमाथाबाट प्याराग्लाइडिङ गर्न दिने भएको छ। सगरमाथाको ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गर्न पाइने गरी नियमावली ल्याउन लागिएको हो।

National life

विश्व पर्यटन दिवसको अवसरमा बुधबार साथसाथै फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा पर्यटन मन्त्री सुदन किरातीले नियमावली स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लैजान लागिएको जानकारी दिए। 

'क्याबिनेटबाट नियमावली पास भएपछि सगरमाथाबाट प्याराग्लाइडिङ गर्न पाइनेछ,' उनले भने, 'टुप्पाबाट गर्दा अर्को देश (चीन) पुगिने खतरा हुन्छ। त्यही भएर ८ हजार मिटर माथिबाट प्याराग्लाइडिङ गर्न दिने हो। परीक्षण उडान पनि भइसकेको छ।'

सगरमाथाबाट प्याराग्लाइडिङ गर्न आरोहणको दोब्बर शुल्क तिर्नु पर्नेछ र विदेशी-नेपाली सबैले गर्न पाउनेछन्।

 

Shivam cement

प्रकाशित: Sep 27, 2023| 17:44 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्