आइतबार, भदौ २३, २०८१

नेपाली सेनाको हिमाल सफाइ अभियान
nespernesper

सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन

 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

काठमाडौं- नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाई अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले हिमाल सफाई अभियान सम्भव भएको बताएको छ। 

triton college

विश्व पर्यटन दिवसको अवसरमा साथसाथैले आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनका क्रममा हिमाल सरसरफाई अभियानबारे प्रस्तुतीकरणका क्रममा नेपाली सेनाको हिमाल सरसरफाई अभियानका निर्देशकसमेत रहेका सहायक रथी सुन्दर कुमार पाण्डेले सामूहिक सहकार्य, नीतिको प्रभावकारी कार्यान्वयन, सरकार र सरोकारवालाबीचको समन्वय र समर्पण भावले काम गर्दा हिमाल सरसफाई सम्भव भएको बताए।

उनले भने, ‘केही सकारात्मक कदमहरु चालिँदा पनि आलोचना हुनु त्यति सुखद कुरा होइन। यद्पि सामूहिक सहकार्य र सरकार तथा सरोकारवालाबीचको समन्वय भएको अवस्थामा हिमाल सफाई सम्भव छ। यसका लागि हामीले स्थानीय तहलाई पनि जिम्मेवार बनाउन आवश्कय छ।’

सहायकरथी पाण्डेले पछिल्लो चार वर्षमा सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन गरिएको बताए। उनले भने, ‘सन् २०१९ बाट सुरु भएको हिमाल सफाई अभियान अन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट १०८ टन फोहोर संकलन गरेर व्यवस्थापन गरिएको छ। सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहोर संकलन गरिएको छ।’

भावी पुस्ताका लागि हिमाल सफा राखौं भन्ने मुल नारासहित सुरु भएको हिमाल सफाई अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने बताए। उनले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले सहयोगको प्रशंसा गरे। 

Metro Mart
vianet

नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पाण्डेले हिमालय क्षेत्रको सरसफाई : के सम्भव छ ? शीर्षकमा पेपर प्रस्तुत गरेका थिए। प्रस्तुतीका क्रममा उनले हिमाल सफाईको अवधारणा कुनै एक ठाउँ सफा बनाउने मात्र नभई मानव सभ्यतासँग जोडिएको कुरा भएकोले यो वार्षिकरुपमा चलिरहेको बताए। 

उनले थपे, ‘जोखिम र उच्च हिमाली क्षेत्रमा सामान्य तयारीले गर्दा सम्भव नहुने भएपछि नेपाली सेनाले हिमाल सफाई अभियानको जिम्मेवारी लिएर काम गरिरहेको छ। २०७६ मा तयारी भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन। सन् २०२१, २०२२, २०२३ मा हिलमा बचाउ नारासहित नेपाल सरकार ८ लाख ३० हजारको बजेट विनियोजन गरेको छ।’

हिमाल सफाई अभियानका निर्देशकसमेत रहेका सहयाक रथी पाण्डेले कार्यदल बनाएर हिमाल सफाई अभियानलाई अघि बढाइरहेको बतए। यसका लागि कुनै डेडिकेटेडेड टिम नभएकोले केही समस्या भएको पनि उनको भनाई छ। 

नेपालको पर्यटन क्षेत्रको सबैभन्दा बढी राजस्व संकलन हुने हिमाल सफाई अभियानले राजस्व संकलनमा टेवा पुर्याउनुका साथै स्थानीय जनजीविकामा पनि सकारात्मक प्रभाव पारिरहेको सहायकरथी पाण्डेले बताए। 

उनले थप भने, ‘सरकारको समन्वयमा नेपाली सेनाले सञ्चालन गरेको हिमाल सफा अभियानले जनजीविकालाई टेवा पुग्नुका साथै नेपाली सेनाको ज्ञान र क्षमतामा अभिवृद्धि भएको छ। सगरमाथा क्षेत्रबाट राजस्व संकलन भएको छ। लक्ष्य अनुसार फोहोर संकलन गरिएको छ।’

384357047_8407723776-1695814581.jpg

381749162_1636370450221554_8516389427489083333_n-1695814581.jpg

 

प्रकाशित: Sep 27, 2023| 17:22 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्