मंगलबार, फागुन २६, २०८२

बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा

 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

चितवन- बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ। मन्त्रालयले निर्देशिका बनाएर यो विषय कार्यान्वयनको चरणमा ल्याएको हो। मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. खगेश्वर गेलालका अनुसार उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ४० लाख बजेट विनियोजन गरिएको छ।

National life

यसबारे मन्त्रालयले निर्देशिका बनाएर मन्त्रिपरिषद्बाट पारित गरी प्रदेश राजपत्रमा प्रकाशित गरिसकिएको र केही दिनमै प्रदेश निर्देशनालयमा कार्यान्वयनका लागि पठाइने र निर्देशनालयले १३ वटा जिल्ला स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने छ। यससँगै हेलिकप्टर कम्पनीसँग सम्झौता गरेर काम अघि बढाइने उनले जानकारी दिए।

मन्त्रालयले प्रदेशभित्रका १३ वटा प्रदेश अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र धुलिखेल अस्पतालमा पुर्‍याइएर उद्धार गरिएका गर्भवती र सुत्केरीको उपचारको व्यवस्था पनि गरेको छ।

स्वास्थ्यमन्त्री उत्तम जोशी नियुक्त हुँदा पहिलो निर्णय जोखिममा रहेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिने कुरा उल्लेख गरेका थिए। सोही विषय कार्यान्वयन गर्न निर्देशिका बनाएर काम अघि बढाइएको हो। उनले भने ‘प्रदेशभित्रका विकट ठाउँका महिलाले भोग्नुपरेको समस्या सम्बोधन गर्न यो निर्णय गरेको हुँ।’

उपचारको अभावमा गर्भवती र सुत्केरीले अकालमा ज्यान गुमाउनु परेको भन्दै उनले अबका दिनमा त्यो समस्या नआओस् भन्नका लागि बजेट विनियोजन गरी काम अघि बढाइएको बताए। मन्त्री जोशीले थपे ‘देशकै स्वास्थ्यका क्षेत्रमा अब्बल जिल्ला यो प्रदेशमा पर्छ। त्यति मात्रै होइन, निकै विकट ठाउँ पनि यही प्रदेशमा छन्।’

Laxmi sunrise bank
kumari

कतिपय महिलाले बच्चा जन्माउँदा उपचार नपाएर ज्यान गुमाउनु परेको र कतिपयले बच्चा जन्मिएपछि उपचार नपाएर पनि मृत्यु भएको अवस्था रहेको भन्दै उनले बताए। -रासस

 

प्रकाशित: Sep 27, 2023| 19:41 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्