मोरङ, कटहरी गाउँपालिका-४ चम्राई चोकमा प्र.१-०५-००१ ख ००७७ नम्बरको ट्रकले को.१३ प ३० नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बुडीगंगा गाउँपालिका-१ बस्ने ३४ वर्षीय चन्द्रमणि अधिकारीको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।
सुर्खेत, भेरीगंगा नगरपालिका-१२ मसिनास्थित सडकमा भे.७ प ५८९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २३ वर्षीय पुरूषको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कालागाँउमा उपचारको क्रममा मृत्यु भएको हो।
बैतडी, पाटन नगरपालिका-८ खोड्पे बैतडी सडक खण्डमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ३७ वर्षीय नरेन्द्र सिंह महराको गएराति मृत्यु भएको छ। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।
काभ्रे, बनेपा नगरपालिका-७ धनेश्वर गेटस्थित सडकमा बा.४ ख ९९७५ नम्बरको टिपरले बा.८४ प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रोसी गाउँपालिका-८ खार्पाचोक घर भएका ३९ वर्षीय सिद्धि कुमार लामाको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको सिरमेमोरीयल अस्पताल बनेपा हुँदै अन्नपूर्ण न्युरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रूपन्देही, रोहिणी गाउँपालिका-४ छिपागढस्थित सडकमा लु.८२ प ३३१९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई मंगलबार साँझ दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका-३ खजुरिया बस्ने ३० वर्षीय आशिष चौहानको मृत्यु भएको छ। ठक्करबाट घाइते भएका ३ जनाको सिटी अस्पताल भैरहवामा उपचार भइरहको छ।
मृत फेला
भक्तपुर, सूर्यविनायक नगरपालका-४ दधिकोट दक्षिणबाराही नयाँबस्ती डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-७ दाप्चा घर भएका ५० वर्षीय रामकृष्ण श्रेष्ठ आफ्नै कोठामा मंलगबार मृत अवस्थामा फेला परेका छन्।
उदयपुर, कटारी नगरपालिका-१४ घुर्मी मन्दिर डाँडामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
रूपन्देही, सैनामैना नगरपालिका-३ तिन कुने डेरा गरी बस्ने पाल्पा तानसेन नगरपालिका-१२ धरमपानी घर भएका ४९ वर्षीय शंसेर बहादुर दर्जी आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
दोलखा, भिमेश्चर नगरपालिका-५ पाखाटोल बस्ने ४० वर्षीया सिता बसेल (सार्की) सोही ठाउँस्थित खोल्सीमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।