आइतबार, जेठ २४, २०८३

सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै सम्पर्कविहीन ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।
 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

काठमाडौं– प्रहरी प्रधान कार्यालय नक्सालले  महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ।

National life

प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै सम्पर्कविहीन चार प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयको सूचनाअनुसार सम्पर्कविहीन हुने चार प्रहरी सहायक हवल्दारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक सीआरभीमा कार्यरत समिर दाहाल, विसुगण दुहबी सुनसरीमा कार्यरत प्रहरी सहायक हवलदार जनम राई, प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत अमित श्रेष्ठ, प्रहरी प्रभाग नेपालटारमा कार्यरत कमल श्रेष्ठ रहेका छन्।

विभिन्न जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १८ प्रहरी जवान महिना दिन बढी समयदेखि सम्पर्कविहीन रहेको सूचनामा उल्लेख छ।

उनीहरू विभिन्न मितिदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा र सूचना टाँस भइसक्दासमेत सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले बताएको छ।

Shivam cement

आज प्रकाशित सूचनामा बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारण र  स्पष्टीकरण जवाफसहित प्रहरी मुख्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन निर्देशन दिइएको छ। सूचनाअनुसार सम्पर्कविहीन प्रहरी कार्यालयमा हाजिर नभए सेवाबाट हटाउने प्रहरी मुख्यालयको भनाइ छ।

प्रकाशित: Sep 27, 2023| 11:43 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्