आइतबार, जेठ २४, २०८३

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस

 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

काठमाडौं- सिनामंगलबाट बरामद गरिएको ६० केजी ७ सय ग्राम सुन प्रकरणमा बुधबारदेखि थुनछेक बहस सुरू हुने भएको छ।

National life

प्रतिवादीहरुसँगको बयान हिजो सकिएपछि जिल्ला अदालत काठमाडौंले बुधाबारदेखि थुनछेक बहस गर्न लागेको हो। 

जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालका अनुसार हाल प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको हिजो बहस सकिएकाले बुधबारदेखि थुनछेक बहस सुरु हुन लागेको हो।

गत साउन ३ गते समातिएको ६० केजी ७१६ ग्रामको सुन तस्करी प्रकरण र भेपमा ल्याइएको झन्डै ९ केजी सुन प्रकरणमा सरकारी वकिलको कार्यालयले प्रतिवादीहरुलाई थुनामा राखेर छानबिन गर्न आदेश  माग गर्नेछ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको छ।

Shivam cement

 

प्रकाशित: Sep 27, 2023| 10:20 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्