सोमबार, पुस १५, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • इराकमा बिहे भोजमा आगो लाग्दा बेहुला-बेहुली सहित सय जनाको मृत्यु

Siddartha premir insuranceSiddartha premir insurance

इराकमा बिहे भोजमा आगो लाग्दा बेहुला-बेहुली सहित सय जनाको मृत्यु

 |  बुधबार, असोज १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

ntc landingntc landing

उत्तरी इराकमा एउटा वैवाहिक समारोह भइरहेको भवनमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। १५० जना घाइते भएको इराकको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

himalayan bank box

मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्। उत्तरी निनेभ प्रान्तको अल-हम्दानिया जिल्लामा मंगलबार राति अबेर उक्त घटना भएको थियो। विवाहको अवसरमा आतसबाजी गर्दा आगो फैलिएको अनुमान छ।

उक्त भवन बनाउन प्रयोग गरिएका सामग्री प्रज्जवलनशील भएकाले आगो सजिलै फैलिएको हुन सक्ने अनुमान गरिएको छ। आगो लागेपछि हलको छतको केही भाग नै खसेको थियो।

स्थानीय समयअनुसार राति करिब पौने ११ बजे आगलागी हुँदा सयौँ मानिसहरू उक्त वैवाहिक समारोहमा उत्सव मनाइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

'आगोको मुस्लो बाहिर निस्किरहेको हामीले देख्यौँ। जो बाहिर निस्किन सके निस्के, जो सकेनन् उनीहरू त्यहीँ फसे। जो बाहिर निस्किन सके उनीहरू पनि घाइते थिए,' हलबाट बाहिर निस्किन सफल ३४ वर्षीया योहानाले रोएटर्ससँग भनिन्।

vianet

इराकका प्रधानमन्त्रीले अधिकारीहरूलाई दुर्भाग्यपूर्ण घटनाबाट प्रभावित भएकाहरूलाई राहत दिन सबै प्रयास गर्न निर्देशन दिएका छन्।

 

प्रकाशित: Sep 27, 2023| 09:52 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्