आइतबार, जेठ २४, २०८३

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

 |  बुधबार, असोज १०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्। 

National life

धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप २५ वर्षीया एक महिलाले लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ती महिलाले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् र धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ परेका वडाध्यक्ष धमलालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

 

प्रकाशित: Sep 27, 2023| 07:32 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्