आइतबार, जेठ २४, २०८३

बझाङको तल्कोटमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट

 |  मंगलबार, असोज ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

बझाङ- बझाङको तल्कोट गाउँपालिका–५ खौला बजारमा आगलागी हुँदा पाँच पसल जलेर नष्ट भएका छन्।

National life

आज स्थानीय उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्यास पड्केर आगो लाग्दा पाँच पसल जलेर नष्ट भएका हुन्। तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो लागेको आगलागी करिब डेढ घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो।

आगलागीबाट दुई वटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलहरू सामानसहित जलेका छन्। स्थानीय पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हाते होजीयारी, मीनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसल नष्ट भएको गाउँपालिका अध्यक्ष रोकायाले बताए। उनका अनुसार आगलागीबाट करोडभन्दा बढीको नोक्सान भएको अनुमान गरिएको छ।

 

प्रकाशित: Sep 26, 2023| 21:38 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्