बुधबार, भदौ ३१, २०८३

सुन किन्‍ने बहानामा चोरी गर्ने एक महिलासहित चारजना पक्राउ

 |  मंगलबार, असोज ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

काठमाडौं- प्रहरीले सुन किन्ने बहानामा चोरी गर्ने र चोरी गरिएको सुन खरिद कार्यमा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न सातभन्दा बढी स्थानमा स्कुटरको प्रयोग गरी सुन पसलमा गएर सुनका गरगहना किन्ने बाहना बनाएर चोरी गरेको आरोपमा प्रहरीले ३३ वर्षीया रत्न महर्जन र २२ वर्षीय सुमन पुतुवारलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–९ की महर्जन सुन चोरी गर्ने महिला हुन्। काठमाडौंकै तारकेश्वर तारकेश्वर–४ पुरानो गुहेश्वरीका पुतुवार स्कुटर चालक हुन्। यसैगरी उनीहरूले चोरेको सुन खरिद गरेको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ ३६ वर्षीय विरेन्द्र बिकलाई पक्राउ गरेको छ। 

उनी हाल काठमाडौंस्थित नयाँबजार बस्दै आएका थिए। यसैगरी सुन खरिद गरकै आरोपमा भारत महाराष्ट्र प्रदेशको सोलापुरका ३७ वर्षीय हनुमन्त फाँडे पनि पक्राउ परेका छन्। उनी हाल काठमाडौंस्थित माछापोखरी बस्दै आएका थिए। प्रहरीले घटनास्थलमा प्रयोग भएका लत्ता कपडा र स्कुटर बरामद गरेको छ।

प्रकाशित: Sep 26, 2023| 19:32 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्