आइतबार, जेठ २४, २०८३

सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति

 |  मंगलबार, असोज ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०
National life
Shivam cement

काठमाडौं- आन्दोलनरत चिकित्सक र सरकारी पक्षबीच सहमति भएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको छ।

मंगलबार गृह मन्त्रालयमा भएको छलफलमा हरेक स्वास्थ्य संस्थामा उपचारबारे कुनै गुनासो भए उजुरी गर्ने पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरे हुने कारबाहीबारे सूचना राख्ने निर्णय भएको छ। साथै अहिले जहाँजहाँ घटना भएको छ, त्यसमा संलग्नहरुलाई ऐनअनुसार कारबाही गर्ने सहमति पिन जुटेको छ।

मणिपाल शिक्षण अस्पताल पोखरालगायत स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सक आन्दोलनमा उत्रिएका थिए।

प्रकाशित: Sep 26, 2023| 18:13 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्