आइतबार, जेठ २४, २०८३

इन्धन डिपो विष्फोटमा २० जनाको मृत्यु

 |  मंगलबार, असोज ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्। 

National life

स्थानीय अधिकारीहरूका अनुसार अजरबैजानी सेनाको कारबाहीबाट जोगिन हजारौं आर्मेनियाली उक्त क्षेत्रबाट भागेका बेला यो घटना भएको हो। घटनास्थलमा १३ वटा शव भेटिएका तथा तिनको परिचय नखुलेको अधिकारीहरूले  र थप सात जनाको अस्पतालमा मृत्यु भएको बताएका छन्।

आर्मेनियाका अधिकारीहरूले भने दुई सय ९० जनाभन्दा बढी घाइतेलाई अस्पतालन भर्ना गरिएको तथा ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको  जनाएका छन्। अजरबैजानले १० महिनादेखि इन्धन आपूर्तिमा अवरोध गरेको सन्दर्भमा उक्त डिपोमा इन्धन पाइने आशमा लामबद्ध भएका उपभोक्ता मारिएका आशंका गरिएको छ।

यसैबीच, नागोर्नो काराबाख क्षेत्रका १३ हजार पाँच सय आर्मेनियाली शरण खोज्दै येरेभान आएका सरकारी अधिकारीहरूले बताएका छन्। अजरवैजानी सेनाबाट असुरक्षा महसुस गर्दै सोमबार राति सात सयभन्दा बढीले रुसी शान्ति सेनाको शिविरमा आश्रय लिएका थिए। अजरबैजानका  राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका जातीय आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: Sep 26, 2023| 18:02 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्