शनिबार, मंसिर २३, २०८०

बिहान चिया-कफीको साटो के पिउने ?

 |  बुधबार, असोज १०, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, असोज १०, २०८०

काठमाडौं- भनिन्छ बिहानको सुरुवात राम्रो भयो भने दिनभर राम्रो बित्छ। दिनभर ताजा रहन र शरीरलाई स्वस्थ राख्न बिहानको खाना स्वास्थ्य हुनुपर्छ। धेरैजसो मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन्। 

sagarmatha cement

तर, चिया वा कफीको बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ। बिहान खाली पेटमा चिया र कफी पिउनाले एसिडिटी र पेटसम्बन्धी धेरै रोग लाग्न सक्छ। त्यसैले बिहान उठ्नेबित्तिकै चिया र कफी पिउनुको सट्टा ऊर्जाले भरिपूर्ण हुने र शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने केही यस्ता पेय पदार्थ सेवन गर्नुपर्छ।

दूध
बिहानको खाजामा चियाको सट्टा दूध पिउने बानी बसाल्नुहोस्। दूधलाई निकै पौष्टिक मानिन्छ। भिटामिन, क्याल्सियम पाइने दूधको नियमित सेवनले हड्डी र दाँत बलियो हुन्छ। बिहान दूध पिउनाले दिनभर ऊर्जावान् रहन्छ। यस्तो अवस्थामा दैनिक बिहानको नास्तामा दूध पिउनुपर्छ।

मनतातो कागती पानी
कागती पानीलाई ऊर्जा पेय भनिन्छ। गर्मीमा तपाईंले जुनसुकै बेला कागती पानीको सेवन गर्न सक्नुहुन्छ जसले डिहाइड्रेसनको समस्या कम गर्छ तर बिहान मनतातो पानीमा कागतीको रस मिसाएर पिउनाले शरीरलाई बढी फाइदा हुन्छ। बिहान खाली पेटमा मनतातो कागती पानीले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा सुधार गर्छ। तौल बढ्नबाट रोक्छ र दिन राम्रोसँग सुरु हुन्छ।

नरिवलको पानी
नरिवल पानी स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुन्छ। बिहान नरिवलको पानी पिउनाले दिनभर ऊर्जाको कमी महसुस हुँदैन। नरिवलको पानीमा चिनी र बोसोको मात्रा निकै कम हुन्छ। त्यसैले नरिवलको पानी पिउनु स्वास्थ्यका लागि हरेक हिसाबले राम्रो हुन्छ।

Metro Mart
worldlink

जुस
बिहान ताजा फलफूलको जुस पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। जुसले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै स्वास्थ्यलाई बलियो बनाउँछ। बिहान तपाईं धेरै प्रकारको जुस पिउन सक्नुहुन्छ। तर कागतीको जुस, एलोभेराको जुस, अनारको जुस र लौकाको जुस बिहान खाली पेटमा खानु निकै फाइदाजनक मानिन्छ।      -अमरउजालाबाट

प्रकाशित: Sep 27, 2023| 06:01 बुधबार, असोज १०, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्