मंगलबार, फागुन २६, २०८२

शिक्षा विधेयकबारे सरोकारवालासँगको छलफलमा कांग्रेस

सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन कांग्रेसले भूमिका खेल्ने।
 |  मंगलबार, असोज ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

काठमाडौं– सत्तारुढ कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको छ ।

National life

नयाँ बानेश्वरस्थित प्रतिनिधिभा भवनमा जारी छलफलमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत सांसद उपस्थित छन्।

छलफलमा नेपाल शिक्षक महासंक र घटक संस्था, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन), सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंद्द, नेपाललायतका संस्थाका प्रमुख र प्रतिनिधि पनि सहभागी छन्।

कांग्रेस प्रमुख सचेतक लेखकले सरोकारवालाको सुझावका आधारमा विधेयकलाई परिमार्जन गराउन आफ्नो दलले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले ३ देखि ५ असोजसम्म काठमाडौं केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षासँग ६ बुँदे सहमति भएको थियो। 

राहत शिक्षक भने अहिले पनि आन्दोलनमै छन्। २७ भदौमा प्रतिनिधिसभामा दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा प्रस्तुत हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 26, 2023| 15:41 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्