आइतबार, जेठ २४, २०८३

साउदी पुगेको एक सातामै 'कफिन'मा फर्किए झापाका रिमाल

रोजगारीका लागि सपना–महल बुनेर साउदी पुगेका झापाको हल्दिबारी गाउँपालिका–१ का टीकाराम रिमालको मृत्यु भएको हो।
 |  मंगलबार, असोज ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

काठमाडौं– स्वदेशमा रोजगारी अभावका कारण दैनिक हजारौं संख्यामा नेपाली युवा पुस्ता बिदेसिन बाध्य छ।

National life

नेपालबाट विदेश रोजगारीमा गएपछि सम्झौताअनुसार कम्पनी तलब नदिने हन्डर त छँदै छ। रोजगारीका लागि सपना–महल बुनेर साउदी पुगेका झापाको हल्दिबारी गाउँपालिका–१ का  टीकाराम रिमालको मृत्यु भएको छ।

काठमाडौंको न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदीको मिराके गेटवे कफी कम्पनीमा वेटरको काम गर्न आएका उनी त्यहाँ पुगेलगत्तै बिरामी परेको बताइएको छ। कोरोनाको बुस्टर डोज लगाउनासाथ अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा निधन भएको झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई जानकारी गराएका थिए।

१९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी शवलाई ४ असोजमा नेपाल पठाइसकिएको छ। शनिबार झापाको कन्काइमाईमा रिमालको अन्तिम दाहसंस्कार गरिएको थियो। वैदेशिक रोजगार विभागले विदेशबाट आएका शव निःशुल्क सम्बन्धितको घरसम्म लैजाने गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकामा १ हजार २०५ जनाको मृत्यु भएको थियो। आव २०६५ देखि हालसम्म १२ हजार १८९ जनाले विदेश रोजगारीका क्रममा ज्यान गुमाएको तथ्यांक रोजगार विभागसँग छ।

Shivam cement

प्रकाशित: Sep 26, 2023| 14:54 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्