शुक्रबार, असार १३, २०८२

उपत्यकामा इन्द्रजात्रा सुरु

वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने चलन।
 |  मंगलबार, असोज ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

vianetvianet

काठमाडौं– वसन्तपुरमा इन्द्रध्वजसहितको लिंगो ठड्याइएपछि उपत्यकामा इन्द्रजात्रा पर्व विधिवत सुरु भएको छ।

भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको बिहान १०ः३७ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको छ।प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिन्छ।

समितिले दिएको साइतमा आज बिहान मानन्धर समूहले इन्द्रध्वजोत्थान गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।इन्द्रध्वजोत्थानका लागि गत ३१ भदौमा वनयात्रा गरी लिंगो काटिएको थियो।

६ असोजमा लिंगोलाई भोटाहिटीबाट नगर प्रवेश गराइएको थियो। आज लिंगोलाई इन्द्रध्वजका रुपमा उठाएपछि इन्द्रजात्राको विशेष चहलपहल हनुमानढोका दरबार क्षेत्रमा सुरु हुन्छ।

जात्राको मुख्य दिन ११ असोज बिहीबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम छ।

प्रकाशित: Sep 26, 2023| 14:03 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्