आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ३० जनालाई टर्की पुर्‍याइदिन्छु भनेर १ करोड १६ लाख ठग्ने पक्राउ

३० जनालाई टर्की पुर्‍याइदिन्छु भनेर १ करोड १६ लाख ठग्ने पक्राउ

सीआईबीले पोखराको लेखनाथटोलकी ३२ वर्षीया सुरुचि भुजेललाई विदेश रोजगारीको नाममा प्रलोभन देखाएर रकम ठगेको आरोपमा पक्राउ गरेको हो।
 |  मंगलबार, असोज ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टर्कीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाएर करिब १ करोड १६ लाख रुपैयाँ ठग्ने महिलालाई पक्राउ गरेको छ। 

National life

सीआईबीले पोखराको लेखनाथटोलकी ३२ वर्षीया सुरुचि भुजेललाई विदेश रोजगारीको नाममा प्रलोभन देखाएर रकम ठगेको आरोपमा पक्राउ गरेको हो। भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जनकुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगेका थिए। 

भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगेको पाइएको सीआईबीले जनाएको छ। 

ठगीमा संलग्न भुजेललाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा सीआईबीको टोलीले ६ असोजमा पोखराबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिई ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

प्रकाशित: Sep 26, 2023| 13:47 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्