बुधबार, भदौ ३१, २०८३

यी हुन् इन्द्रजात्राका दिन सवारी आउजाउ निषेधित क्षेत्र

महानगरले याँया (इन्द्रजात्रा) का दिन वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
 |  मंगलबार, असोज ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

काठमाडौं– आगामी ११ असोजमा देखाइने इन्द्रजात्राका बेला काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ। आज काठमाडौं महानगरले याँया (इन्द्रजात्रा) का दिन आवागमन व्यवस्थापनसम्बन्धी सूचना प्रकाशित गरी ११ असोजमा वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

१२ असोजमा वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै वसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ। 

१५ असोजमा वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासिं, इन्द्रचोक, मखन हुँदै वसन्तपुर क्षेत्रमा सवारी निषेध गरिएको जनाएको छ। महानगरले वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वको पर्व भइसकेका कारण यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियालाप हिँडेर सञ्चालन गरिने जनाएको छ। 

साथै, तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन त्यसमार्गबाट गन्तव्य जानुपर्ने यात्रुले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायत व्यवस्थापनमा सहयोग पु¥याउन समेत महानगरले आग्रह गरेको छ।

प्रकाशित: Sep 26, 2023| 11:52 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्