आइतबार, जेठ २४, २०८३

मादक पदार्थ सेवन गरेका वडाध्यक्षले कुटे डाक्टर

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकामा त्यहाँबाट राती साढे १० बजे वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले डाक्टरलाई कुटेका हुन्।
 |  मंगलबार, असोज ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ९, २०८०

काठमाडौं– लमजुङ जिल्ला अस्पतालमा कार्यरत डा. सन्दीप अधिकारीलाई मादक पदार्थ सेवन गरेका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका छन्।

National life

वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। आकस्मिक कक्षबाट आइतबार राती साढे १० बजेतिर वार्डमा सार्न लाग्दा वडाध्यक्ष बस्नेतले अधिकारीलाई कुटेको अर्का डा. सुदर्शन आचार्यले बताएका हुन्।

बिरामीलाई वार्डमा सार्न मञ्जुरीनामा बनाइरहेका बेला वडाध्यक्ष अश्लील गालीगलौज गर्दै कुटपिट गरेको आचार्यको भनाइ छ। बिरामी भर्ना गरेर राख्दा देशभरका सबै अस्पतालले मन्जुरीनामा बनाउने कानुनी प्रक्रिया रहेको जानकारी गराउँदासमेत वडाध्यक्ष बस्नेतले नसुनेको उनले बताए।

अस्पताल पुगेर नर्ससँग अश्लील शब्द प्रयोग गर्दै होहल्ला गरेपछि बस्नेतलाई डाक्टरले तपाईं के गर्नुहुन्छ भनेर सोधेका थिए। जवाफमा बस्नेतले आफू ‘सभ्य नागरिक’ भएको भन्दै नर्सिङ कक्षमै डाक्टरलाई मोबाइलले झटारो हानेका थिए। अस्पतालको नर्सिङ कक्षभित्र बसेका डाक्टर, नर्सलगायतका टोलीलाई नर्सिङ कक्षको ढोका फोडेर पुनः आक्रमणमा उत्रिएका थिए।

अस्पतालमा असुरक्षित वातावरण बनाएको भन्दै तत्काल प्रमुख जिल्ला अधिकारीलाई घटना गराएपछि वडाध्यक्ष बस्नेतलाई आइतबार राती नै अस्पतालबाट प्रहरीले पक्राउ गरिसकेको छ।

Shivam cement

प्रकाशित: Sep 26, 2023| 11:14 मंगलबार, असोज ९, २०८०
प्रतिक्रिया दिनुहोस्