आइतबार, जेठ २४, २०८३

दशगजा क्षेत्रमा हत्या गरिएको अवस्थामा नेपालीको शव भेटियो

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं- धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा बाराको दशगजा क्षेत्रमा एक नेपालीको शव फेला परेको छ।

National life

पचरौता नगरपालिका-१ पिपरपातीका ३४ वर्षीय अमरेशकुमार सिंहको शव हत्या गरिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ।

अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताए।

सिंहले सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी जवानबाट राजिनामा दिएर केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसलसमेत सञ्चालन गरेका थिए।

सिंह रक्सी पसललाई छोडेर अहिले गाउँमै खेतीपाती गर्दै आएका थिए। 

Shivam cement

प्रकाशित: Sep 25, 2023| 20:44 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्