आइतबार, जेठ २४, २०८३

डोजर लगाएर खेतीयोग्य बनाउन थालियो बाँझो जमिन

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

चितवन- यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ। सो जग्गामा खेती लगाउन डोजर लगाइएको हो।

National life

भरतपुर महानगरपालिका-२ मा बाँझो रहेको जमिनको तथ्यांक लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो। वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो।

वडाध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्र रहेका १८ वटा टोलसँग बाँझो जमिनको तथ्यांक मागिएको थियो। तीमध्ये १० वटा टोलको जमिनको तथ्यांक आइसकेको छ। तथ्यांक प्राप्त भएको मिल्स एरिया र रामेश्वर टोल विकास संस्थाभित्रको बाँझो जमिनमा आजदेखि डोजर लगाएर झाडी फाँडेर खेती गर्न मिल्ने बनाउन थालिएको छ।

उनका अनुसार ती जमिनमा समूहगतरुपमा खेती गर्न चाहनेहरुका लागि सूचना जारी गरिँदैछ। आमासमूह, टोल सुधार संस्थाजस्ता संस्थालाई जग्गा धनीले कुनै कामका लागि फिर्ता मागेको समयमा दिने गरी संस्थालाई सम्झौता गरेर जग्गा दिन लागिएको हो।

वडाभित्र रहेका ठूला प्लटमा फूल र तरकारी खेतीका लागि संस्थागतरुपमा जग्गा माग्ने क्रमसमेत सुरु भएको छ। क्रमशः वडाभरि नै झाडी फाँडेर खाली जमिन संघसंस्थालाई खेतीका लागि दिइनेछ। यसरी खेती गर्नेले जग्गाधनीलाई कुनै भाडा तिर्नु पर्दैन। रानाभाटले भने, 'हामी वडालाई नमुना बनाउने गरी काम अघि बढाउदैछौँ।'

Shivam cement

जनघनत्व राम्रो भएको यस वडामा घरबाहेकका क्षेत्रमा जग्गा बाँझो छाडेर झाडीमा परिणत भएको छ। बाँझो जमिनको झाडी फाडेर खेती लगाएमा यसले सरसफाइ र सुन्दरता पनि दिने उनले बताए। 

प्रकाशित: Sep 25, 2023| 23:02 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्