सोमबार, मंसिर २५, २०८०

सडक भत्किँदा आवतजावतमा कठिनाइ

 |  सोमबार, असोज ८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

हुम्ला- साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका-१ बोक्चेगौँडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ।

sagarmatha cement

अविरल वर्षाले बोक्चेगौँडा, सुनाखाडा, लालीबगर, मुसेडी छारेलगायत ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट-खार्पुनाथखण्ड अवरुद्ध भएको हो। यो सडकखण्डमा सवारीसाधन सञ्चालनमा नआए पनि दैनिक आवतजावत गर्ने बटुवा र खच्चड व्यवसायीलाई समस्या भएको छ।

यी क्षेत्रमा वर्षाले ठाउँ-ठाउँमा सडक भत्किएर आवतजावतमा समस्या भएको वडा नं १ पिउस गाउँका भैरव शाहीले बताए। अवरुद्ध सडक तथा बाटो खुलाउन सरोकारवाला निकायले कुनै चासो नदिएको सर्वसाधरणको गुनासो थियो। सडक अवरुद्धसँगै सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या देखिएको छ भने बाटो अवरुद्ध हुँदा यस क्षेत्रका सर्वसाधारण र बिरामीलाई सदरमुकाम सिमकोट आवतजावत गर्न सकस भएको छ।

विभिन्न ठाउँमा सडक माथिबाट भासिँदा सदरमुकाम जान र दक्षिणी क्षेत्रका गाउँपालिकामा जानसमेत थप समस्या भएको सिमकोट गाउँपालिका-२ ठेहे गाउँका नरबहादुर भण्डारीले बताए। आफू सिमकोटबाट कामको सिलसिलामा चङ्खेली गाउँपालिकामा जानेक्रममा विभिन्न ठाउँमा भत्किएको सडकबाट जोखिम मोलेर जानुपरेको उनको गुनासो थियो। चङ्खेली पुग्न सिमकोटबाट दुई दिन लाग्छ।

बाटो खुलाउन अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन समिति, खार्पुनाथ गाउँपालिका र हिल्सा सिमकोट सडक योजनाले कुनै चासो दिएको छैन। वर्षाले यसखण्डका विभिन्न ठाउँमा पहिरोले सडक भत्किँदा सलिसल्लादेखि सिमकोटसम्म ढुवानी गर्दै आएका खच्चडलाई पनि आवतजावत गर्न समस्या भएको छ।

Metro Mart
worldlink

प्रकाशित: Sep 25, 2023| 22:02 सोमबार, असोज ८, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्