आइतबार, जेठ २४, २०८३

वर्षाले धनगढी जलमग्न

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं- आज बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ। धनगढी उपमहानगरपालिका वडानम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन्।

National life

डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन्।

पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ। धनगढी लगायतका स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभागले बुधबार र बिहीबार देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनी न्यूनचापीय प्रणाली नेपालको भू–भाग नजिक रहेकाले यी दुई दिन मनसुनी गतिविधि बढ्ने मौसमविद् मञ्जु बासीले बताइन्।

सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र मधेस प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ।

Shivam cement

प्रकाशित: Sep 25, 2023| 16:54 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्