शुक्रबार, वैशाख २६, २०८२

फार्मेसी अनुगमनमा औषधीको साटो विषादी दिएको भेटियोः स्वास्थ्यमन्त्री बस्नेत

केही फार्मासिस्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मसिस्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको मन्त्री बस्नेतको धारणा।
 |  सोमबार, असोज ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

vianetvianet

काठमाडौं– स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले फार्मेसी क्षेत्र सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको बताएका छन्। विश्व फार्मेसी दिवस अवसरमा नेपाल फार्मेसी संघद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले फार्मेसी क्षेत्रको संवेदनशीलताप्रति गम्भीर हुन आग्रह गर्दै सुधार प्रयासका लागि निर्देशनसमेत दिए।

triton college

‘अनुगमनका क्रममा धेरै ठाउँमा फार्मेसीले दिएको सेवामा औषधी होइन, विषादी दिइरहेको पायौं। अनुगमनपछि सुधारको जुन अपेक्षा गरिएको हो, त्योअनुसार भएको छैन। कारबाही प्रक्रिया निरन्तर अघि बढेको छ’, उनले भने। उनले फार्मेसी सेवालाई गुणस्तरीय बनाउन फार्मासिस्टसँग आग्रह गरे।

‘केही फार्मासिस्टले बिहान र बेलुका आफू बस्ने र अन्य समय गैरफार्मसिस्टलाई खटाउने गर्दा बिरामीको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ। चिकित्सकको सिफारिसबिना लागूऔषध पनि वितरण भइरहेको छ। यस क्षेत्रको विकृतिलाई हटाउन हामी सबै गम्भीर बन्न आवश्यक छ’, उनले भने। 

उनले फार्मेसीको संख्याअनुसार फार्मसिष्ट परिचालन नभएको बताए। कार्यक्रममा मन्त्री बस्नेतलाई संघले फार्मेसी क्षेत्र सुधारका लागि ऐतिहासिक कदम चालेको भन्दै सम्मान गरेको थियो। 

संघ उपाध्यक्ष टक विकले मन्त्री बस्नेतले मन्त्रालयको कामको प्रशंसा गर्दै फार्मेसीको दर्ता र नवीकरण स्थानीय तहबाट उपलब्ध हुनुपर्ने माग राखे। फार्मासिस्टले गैरफार्मेसी व्यक्तिले औषधी पसल सञ्चालन गर्ने, स्थायी दरबन्दीको कमी, निरन्तर फार्मेसी शिक्षा, अनुगमन एवं मूल्यांकन अभाव र फार्मेसी अभ्यासको स्तरोन्नतिका लागि सरकारबाट आर्थिक र प्राविधिक सहयोगमा कमी भएको गुनासो गरे। 

National life insurance

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागले तोकेको मापदण्ड पूरा गर्नुको विकल्प नभएको बताए। उनले फार्मेसी क्षेत्रको सुधारका लागि तत्काल काम थाल्नुपर्नेमा जोड दिए।

नेपाल औषधी उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले डिजिटल फार्मेसी विकासमा जोड दिइनुपर्ने धारणा व्यक्त गरे। 

प्रत्येक वर्ष सेप्टेम्बर २५ मा विश्व फार्मेसी दिवस मनाइँदै आएको छ। यस वर्ष स्वास्थ्य प्रणाली सुदृढीकरणमा फार्मेसी नारासहित देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ। नेपालमा ६ हजार फार्मासिस्ट र १२ हजार सहायक गरी १८ हजार फार्मासिस्ट रहेको सरकारी तथ्यांक छ।

प्रकाशित: Sep 25, 2023| 16:47 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्