आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • निर्माणाधीन घरमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु

निर्माणाधीन घरमा माटोको ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु

रेसुंगा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको हो।
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं– गुल्मीको रेसुंगा नगरपालिकामा माटोको ढिस्कोले पुर्दा १७ वर्षीय किशोरको मृत्यु भएको छ।

National life

रेसुंगा नगरपालिका–३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको हो।

सोही पहिरोमा परेर घरधनी ७९ वर्षीय शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए।

मृतकको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले बताए।

घाइतेको गुल्मी अस्पतालमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

Shivam cement

प्रकाशित: Sep 25, 2023| 16:42 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्