सोमबार, मंसिर २५, २०८०

साफ यु–१९ फुटबल

नेपालले माल्दिभ्सलाई ४–१ ले हरायो

नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको हो।
 |  सोमबार, असोज ८, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं– नेपालले साफ यु १९ फुटबल च्याम्पियनसिपमा मालदिभ्सलाई ४–१ गोलले पराजित गरेको छ। आज दशरथ रंगशालामा भएको खेलमा नेपालले मालदिभ्सलाई ४–१ ले पराजित गरेको हो।

sagarmatha cement

नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको थियो। माल्दिभ्सले भने दोस्रो हाफमा एक गोल गरेको हो। नेपालका प्रशान्त लकसमले १८औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसपछि ३०औं मिनेटमा समिर तामाङले दोस्रो गोल गरे।

खेलको ५८औं मिनेटमा माल्दिभ्सले गोल फर्काएको थियो। त्यसपछि नेपालका निरन्जन धामीले ८८औं मिनेटमा गोल गरे। समिर तामाङले अतिरिक्त समयमा गरेको थप गोलसहित नेपालले  ४–१  सहित माल्दिभ्सलाई पराजित गरेको हो। 

खेलमा नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहमद इयान हसनले रातो कार्ड पाए। नेपालले यसअघि गत बिहीबार पाकिस्तानसँग खेलेको थियो। खेलमा पाकिस्तान १ गोलले पराजित भएको थियो।

प्रकाशित: Sep 25, 2023| 15:51 सोमबार, असोज ८, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्