आइतबार, जेठ २४, २०८३

६ वर्षअघि प्रेमिकाको हत्या गरेर दुबई भागेका मिजार पक्राउ

१२ असोज २०७४ बेलुकी धादिङको धुनीबेंसी नगरपालिका–९ टायलघरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगर–५ की ३२ वर्षीया ललिताकुमारी रामको शव सडेगलेको अवस्थामा भेटिएको थियो। 
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं– ६ वर्षअघि प्रेमिकाको हत्या गरी दुबई भागेका सप्तरीको बोदेबसाइन नगरपालिका–८ काचनका ३५ वर्षीय अरुणकुमार मिजारलाई धादिङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

National life

१२ असोज २०७४ बेलुकी धादिङको धुनीबेंसी नगरपालिका–९ टायलघरस्थित अँधेरीखोलामा मोरङको विराटनगर महानगर–५ की ३२ वर्षीया ललिताकुमारी रामको शव सडेगलेको अवस्थामा भेटिएको थियो। ललिताकुमारीको हत्या गरेर मिजार ६ वर्षअघि दुबई भागेको धादिङ प्रहरीले जनाएको छ।

ललिता मिजारको प्रेमसम्बन्ध रहँदा गर्भवती भएकी थिइन्। ललिताले आफूलाई बिहे गर्न आग्रह गर्दा मिजारले हत्या गरेको प्रहरी छानबिनले देखाएको हो।

२१ भदौ २०७४ मा विराटनगरबाट काठमाडौं आएकी ललिताको हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर मिजार फरार भएका थिए पक्राउ परेका मिजारले ललिताको हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता सन्तु जैसवारले बताए।

मिजार मलेसिया, कतार, दुबई विभिन्न देशमा लुकीछिपी बस्दै आएका थिए। तर, हालै नेपाल फर्किएको सूचना प्राप्त भएपछि बागमती प्रदेश प्रहरी कार्यालयको सहयोगमा उनलाई सप्तरीस्थित घरबाटै पक्राउ गरिएको डिएसपी जैसवारले पुष्टि गरे।

Shivam cement

प्रकाशित: Sep 25, 2023| 17:27 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्