काठमाडौं– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको छ। आज बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटनास्थलमै मृत्यु भएको हो मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताए।
मालिका गाउँपालिका बेलीका विक कोठादेखि बिहान पौने ८ बजेतिर आफ्नो घरतर्फ आउँदै गर्दा एक्कासि पहिरोमा परेको जानकारी पाएपछि खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको वडानम्बर २ का अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए। मृतक विकको शव डोजर लगाएको झिकिएको थियो।