बुधबार, भदौ ३१, २०८३

पहिरोमा पुरिएर एक जनाको मृत्यु, डोजर लगाएर निकालियो शव

आज बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटनास्थलमै मृत्यु भएको हो। 
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं– पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको छ। आज बिहान पौने ८ बजेतिर पहिरोमा परेका विकको घटनास्थलमै मृत्यु भएको हो मालिका गाउँपालिका अध्यक्ष वेगप्रसाद गर्बुजाले बताए। 

मालिका गाउँपालिका बेलीका विक कोठादेखि बिहान पौने ८ बजेतिर आफ्नो घरतर्फ आउँदै गर्दा एक्कासि पहिरोमा परेको जानकारी पाएपछि खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको वडानम्बर २ का अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए। मृतक विकको शव डोजर लगाएको झिकिएको थियो।

प्रकाशित: Sep 25, 2023| 14:52 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्