आइतबार, जेठ २४, २०८३

सल्यान जिप दुर्घटना अपडेटः मृत्यु हुने दुवै जनाको सनाखत

रोल्पाबाट तरकारी बोकेर दाङ आउँदै गरेको जिप राप्ती लोकमार्गको  कपुरकोट–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने दुवै जना तुलसीपुरका रहेको पुष्टि। 
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं– सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ। उनीहरु दुवै तुलसीपुरका रहेको खुलेको हो। 

National life

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगर–१८ का २५ वर्षीय भक्तबहादुर घर्ती र गाडीधनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो।

त्यस्तै, घाइते हुनेमा तुलसीपुर–२ का ३५ वर्षीय नारायण योगी रहेका छ। उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर लैजाने तयारी छ। 

रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको जिप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो। 

आज बिहान ६ः३० बजे भएको दुर्घटनामा रा१च १०२५ नम्बरको जिप तीन सय ५० मिटर तल खसेको थियो। दुर्घटनामा परेको जिप टुक्राटुक्रा भएको छ। अनियन्त्रित भएर जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ।

Shivam cement

प्रकाशित: Sep 25, 2023| 13:41 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्