आइतबार, जेठ २४, २०८३

ई: लाई बालेनको बल्ल रेस्पोन्स, पाए यस्तो जवाफ

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नागरिक जवाफदेहिता माग्दै १४० घण्टादेखि राष्ट्रिय सभागृह बाहिर उभिएर धर्ना गरिरहेका अभियन्ता ई: सँग आफूले वार्ता गर्न चाहेको बताएका छन्।

National life

आफूविरुद्ध प्रदर्शनमा रहेका समाजिक अभियन्ताहरु ‘राजनीतिक स्वार्थ’मा जोडिएको उनले दाबी गरेका छन्। बालेनले चुनाव अगाडि गरेको वाचा कार्यान्वयनका लागि ‘नागरिक जवाफदेहिता’ माग्दै सामाजिक अभियन्ता ई: लगायत प्रदर्शनमा छन्। राष्ट्रिय सभा गृह अगाडि लामो समयदेखि उभिएर धर्ना दिइरहेका ई: लगायत अभियन्तासँग वार्तासमेत गर्न नचाहेको भन्दै बालेनको आलोचना भइरहेको छ।

फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले भनेका छन्-

विगत केही दिनदेखि केही अभियनताहरु आन्दोलनमा हुनुहुन्थ्यो। उहाँहरुको कुरा सुन्न उहाँहरु उभिरहेको ठाउँमा म आफैं गएर वार्ता गरौं उहाँहरुको कुरा र समस्या सुनौं  भन्दा अभियन्ताहरु संवादमा बोलाउँदा आउन खोज्नुभएन। लोकतान्त्रिक अभ्यासमा सबै कुराको समाधान संवादबाट नै हुनुपर्छ भन्ने कुरा हामीले बुझेका छौं। सायद कुनै राजनीतिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेका छौं। के वार्ता हामीले उहाँहरुको नेतासँग गर्नुपर्ने?

मेयरलाई जवाफ दिँदै ई: ले मेयर आफूलाई भेट्न नआएको बरु नगर प्रहरी आएको बताएका छन्। उनले भनेका छन् - मेयर यहाँ आउनुभएको छैन। सँगै जवाफदेहिता माग गरिरहेका साथीहरु साक्षी छन्। करिब ३० मिनेट अगाडि अकस्मात् एक नगर प्रहरीले पार्किङ लटमा बोलाए। कानुन विज्ञ, सहरी विशेषज्ञ, सडक व्यवसायका प्रतिनिधि साथीहरुलाई बोलाउन ३० मिनेट समय माग्यौं। नगर प्रहरीले रिसाएर जवाफ दिए - त्यसो भए मेयरले भेट्दैन।

Shivam cement

प्रकाशित: Sep 25, 2023| 12:50 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्