आइतबार, जेठ २४, २०८३

अशक्त महिलालाई बलात्कार गर्ने १३ वर्षीय बालक पक्राउ

बझाङको छविसपाथीभेरा गाउँपालिका–१ अरिङ्गालका १३ वर्षीय बालकले घरमा कोही नभएको मौका छोपेर हिँडडुल गर्न नसक्ने २८ वर्षीया महिलालाई बलात्कार गरेका हुन्।
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०
National life
Shivam cement

काठमाडौं– बझाङमा शारीरिक रुपमा अशक्त २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्ने १३ वर्षीय बालक पक्राउ परेका छन्। आइतबार छविसपाथीभेरा गाउँपालिका–१ अरिङ्गालका १३ वर्षीय बालकले घरमा कोही नभएको मौका छोपेर हिँडडुल गर्न नसक्ने २८ वर्षीया महिलालाई बलात्कार गरेका हुन्।

घटनापछि फरार बालकलाई प्रहरी पोस्ट बगडगाँउबाट खटिएको टोलीले बालुवाटारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। 

पीडित महिलाकी हजुरआमाले बालकले अशक्त महिलामाथि करणी गरेको थाहा पाएपछि स्थानीयलाई घटनाबारे जानकारी दिएकी थिइन्। स्थानीयले गर्नासाथ आरोपी बालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 25, 2023| 12:15 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्