काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्। आज बिहान जनकपुरधाम पुगेका राष्ट्रपति पौडेल पूजापाठसहित जानकी मन्दिर क्षेत्रको अवलोकन गरेका हुन्।
राष्ट्रपति पौडेललाई मन्दिरका महन्त रामतपेश्वर दासले जानकी मन्दिर अंकित तस्बिर दिएका छन्।
राष्ट्रपति पौडेलसँगै कांग्रेस नेता विमलेन्द्र निधि, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, एमाले नेतृ जुलीकुमारी महतोलगायतले जानकारी मन्दिर दर्शन गरे।
जानकी मन्दिरमा पूजाअर्चना गरेर प्रदेश प्रमुख निवास गएका राष्ट्रपति पौडेललाई दिउँसो १ बजे जनकपुरधाम उपमहानगरले नागरिक अभिनन्दन कार्यक्रम आयोजना गर्दै छ। पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समेत उद्घाटन गर्ने बताइएको छ।