बुधबार, भदौ ३१, २०८३

सल्यान जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते 

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

काठमाडौं- रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुर तर्फ आउँदै गरेको जिप सल्यानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घछनामा परि एक जना गम्भीर घाइते छन्। 

रा१च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो। 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन। जिप सडकदेखि झन्डै तीन सय मिटर तल खसेको थियो। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।

प्रकाशित: Sep 25, 2023| 08:53 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्