बुधबार, भदौ ३१, २०८३

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थनमा हल्का वर्षा भइरहेको छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका कारण उक्त क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुन सक्ने महाशाखाको भनाइ छ। सडक तथा हवाई यातायातमा असुविधा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्क रहन पनि महाशाखाको आग्रह छ।

सोमबार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ।

प्रकाशित: Sep 25, 2023| 06:09 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्