बिहीबार, पुस १०, २०८२

वरदान हो उच्च रेशायुक्त आहार

अध्ययनका अनुसार यदि हामीले आहारमा रेशाको मात्रा दैनिक १० ग्राम बढायौं भने मृत्युको खतरा १५ प्रतिशतसम्म कम हुनजान्छ। खानामा उपलब्ध रेशाले कोलेस्ट्रोल र उच्च रक्तचापलाई ठीक राख्छ।
 |  सोमबार, असोज ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज ८, २०८०

उच्च रेशायुक्त आहार कुनै वरदानभन्दा कम छैन भन्ने कुरा हामीले घरमा सानैदेखि सुन्दै आइरहेका छौं। यसले हृदयघात भएका बिरामीलाई समेत चाँडै स्वस्थ बनाउनमा मद्दत गर्छ भन्ने एक शोधले देखाएको छ।

National life

बीबीसीले बेलायती मेडिकल जर्नलमा छापिएको एक अध्ययनको बारेमा उल्लेख गर्दै लेखेको छ- हृदयाघातबाट बचेका बिरामीले उच्च रेशायुक्त आहार लिएमा ९ वर्षसम्म ज्यानलाई कुनै खतरा हुँदैन।

अध्ययनका अनुसार यदि हामीले आहारमा रेशाको मात्रा दैनिक १० ग्राम बढायौं भने मृत्युको खतरा १५ प्रतिशतसम्म कम हुनजान्छ। खानामा उपलब्ध रेशाले कोलेस्ट्रोल र उच्च रक्तचापलाई ठीक राख्छ।

अध्ययनमा उल्लेख भएअनुसार बेलायतमा अधिकांश व्यक्ति खानाको माध्यमबाट औसत १४ ग्राम रेशाको सेवन गर्छन्। यद्यपि ती व्यक्तिहरुलाई कम्तिमा आफ्नो खानामा १८ ग्राम रेशाको लक्ष्य राख्ने सल्लाह दिइएको छ।

अमेरिकाका विशेषज्ञहरुले भने एक दिनमा आफ्नो आहारमा ३८ ग्राम रेशाको लक्ष्य लिएको अध्ययनमा उल्लेख छ। केरा र स्याउ आदि फल, मुला–गाजर र आलुजस्तो जरा भएको तरकारी, गहुँको ब्रेड, रोटी , अनाज र चोकरमा प्रचुर मात्रामा रेशा पाइन्छ। तर बोक्रासहितको आलु र सेकेको अनाजमा रेशाको मात्रा १० ग्राम हुन्छ।

Laxmi sunrise bank
kumari

अमेरिकाका शोधकर्ताहरुले कम रेशायुक्त खानाले कब्जियत, आन्द्रासम्बन्धी रोग र आन्द्राको क्यान्सर हुने खतरा बढेर जाने बताएका छन्। हावर्ड स्कुल अफ पब्लिक हेल्थले दुई ठूला अध्ययनको आधारमा उक्त निष्कर्ष निकालेको हो। अध्ययनमा ४ हजार पुरुष र महिलालाई सामेल गरिएको थियो, जो पहिलो हृदयघातबाट बाँचेर आएका थिए। उनीहरुमाथि लगातार ९ वर्षसम्म अध्ययनपश्चात उक्त रिपोर्ट तयार पारिएको हो। यसबीच ६ सय ८२ महिला र ४ सय ५१ पुरुषको मृत्यु भएको अध्ययनमा उल्लेख रहेको छ। निष्कर्षमा पहिलो अट्याकको ९ वर्षसम्म केवल उनीहरुमात्र जीवित रहे जो धेरै मात्रामा रेशेदार आहार लिएका थिए। उनीहरुले खासमा खाजामा समेत अनाजको सेवन गरेका थिए।

ब्रिटिश हर्ट फाउन्डेशनका विक्टोरिया टेलरका अनुसार उच्च रेशायुक्त खाद्य पदार्थ स्वस्थ सन्तुलित आहारको महत्वपूर्ण हिस्सा हो। अध्ययनले पनि धेरै मात्रामा रेशायुक्त खाना खाने व्यक्तिमा मृत्युको खतरा २५ प्रतिशत कम हुने उल्लेख गरेको छ। साथै उच्च रेशायुक्त आहार सेवन गर्ने समूहमा घातक हृदयघातको खतरा १३ प्रतिशत कम पाइएको अध्ययनमा उल्लेख रहेको छ।
- बीबीसी हिन्दीबाट

प्रकाशित: Sep 25, 2023| 06:36 सोमबार, असोज ८, २०८०
प्रतिक्रिया दिनुहोस्