आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सम्पर्कविहीन

बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएपछि वडाध्यक्ष सम्पर्कविहीन

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०
National life
Shivam cement

ओखलढुंगाको सुनकोशी गाउँपालिका– १० का वडाध्यक्ष छविरमण धमलामाथि जबर्जस्ती करणीको आरोप लागेको छ। वडाध्यक्ष धमलाले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै  २५ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा ५ असोजमा उजुरी दिएकी थिइन्।

उजुरीपछि वडाध्यक्ष धमलाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। आज ओखलढुंगा जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ गर्ने आदेश भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले उनलाई गिरफ्तार गर्ने तयारी गरेको छ। तर, धमला भने मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन्। धमला नेकपा एमालेबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित: Sep 24, 2023| 15:54 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्