आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विद्यालय भवन निर्माणमा हिनामिना गर्ने पूर्व प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालय भवन निर्माणमा हिनामिना गर्ने पूर्व प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ।

National life

मधेश प्रदेश सरकारको अनुदानबाट नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले अनियमितता गरेको आरोपमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीका लागि स्वीकृत टिप्पणीमा उल्लेखितभन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी दिएर अनियमिमता गरेको आरोपमा उनीहरुविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालको भनाइ छ। आयोगका अनुसार उनीहरुले स्वीकृत रकमभन्दा ६ लाख ५८ हजार रुपैयाँ बढी भुक्तानी दिएको आयोगको आरोप छ।

आयोगले सोही अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा उपभोक्ता समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादवविरुद्ध पनि मुद्दा दायर गरेको छ। उनीहरुले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको एवं नगरपालिकासँग भएको सम्झौता बमोजिमको शर्त पालना नगरी, भुक्तानीका लागि स्वीकृत भएभन्दा बढी तथा निर्माणमा परिमाणभन्दा बढी भुक्तानी लिएको भन्दै मुद्दा दायर गरिएको हो।

प्रकाशित: Sep 24, 2023| 14:20 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्