शुक्रबार, मंसिर १९, २०८२

पतिबाट पीडित महिलाले गरिन् आश्रयस्थलमा आत्महत्या

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

घरेलु हिंसाबाट पीडित एक महिलाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल कालिकोटको सुरक्षित आवास गृहमै आत्महत्या गरेकी छन्। उनले आज बिहान आवास गृहको शौचालयमा झुन्डिएर आत्महत्या गरेकी हुन्।

National life

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ माइतीघर भएकी ती महिलाको दैलेखको भगवतीमाइ गाउँपालिका-५ कट्टी निवासी दानबहादुर शाहीसँग बिहे भएको थियो। पतिले गत वर्ष भदौमा घरबाट निकाला गरेपछि उनी आफन्तको आश्रयमा बस्दै आएकी थिइन्। उनी केही दिनदेखि भने सोसेकको सुरक्षित आवास गृहमा बस्दै आएकी थिइन्।

हाल खाँडाचक्रमा व्यापार गर्दै अएका उनका पतिले कुटपिट गर्दा उनको संवेदनशील अंगमा गम्भीर चोट लागेको थियो। त्यसपछि उनी आफन्तको सहयोगमा जिल्ला सदरमुकाम मान्ममा डेरा गरी बस्दै आइरहेकी थिइन्।

२०७५ सालमा घरमा अर्की पत्नी हुँदाहुँदै दोस्रो विवाह गरेका शाहीले कथित बोक्सीलगायत आरोपमा पटक पटक कुटपिट तथा मानसिक यातना दिने गरेपछि पीडितले एक नाबालक छोरासहित विस्थापित हुनुपरेको थियो।

विस्थापित अवस्थामा रहेकी पीडित महिला भदौ ९ गते आफ्ना पतिले बोक्सी आरोप लगाउँदै छोरासमेत मारिदिने भनेपछि भागेर नेपालगन्ज पुगेकी थिन्। त्यसपछि कालिकोट पुगेकी उनले सोसेकको आश्रयमै आत्महत्या गरेकी हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 24, 2023| 14:18 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्