आइतबार, जेठ २४, २०८३

किशोरी बलात्कार आरोपमा चार जना पक्राउ

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०
National life
Shivam cement

सुर्खेतमा १३ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका १५, १६ र १९ वर्षका किशोर छन्।

बिहीबार राति घर नजिकै नाच हेर्ने गएकी ती किशोरीलाई चार जनाले फरक-फरक स्थानमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। पक्राउ परेका सबैले एकअर्कालाई राम्ररी चिन्ने र एउटै गाउँका भएका कारण बलात्कारको घटना योजनाबद्ध रूपमा घटेको प्रहरीको अनुमान छ।

चारै जनाविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको र किशोरीको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 24, 2023| 13:43 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्