आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन दिल्ली जाँदै प्रधानसेनापति शर्मा

प्रधानमन्त्री भन्छन् - नेपाल कुनै सैन्य रणनीतिक योजनामा सामेल हुँदैन

इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन दिल्ली जाँदै प्रधानसेनापति शर्मा

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

प्रधानमन्त्री सेनापति प्रभुराम शर्मा आइतबार भारतको नयाँदिल्ली जाँदैछन्। उनी १३ औं इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुन नयाँदिल्ली जान लागेको नेपाली सेनाले जनाएको छ।

National life

१३ औं इन्डो–प्यासिफिक सम्मेलन असोज ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ।

नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बंगलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाइ कम्बोडिया, कोरिया, मालदिभ्स, मंगोलिया, म्यानमार, न्युजिल्याण्ड लगायत देशहरू सम्मेलनमा सहभागी हुने छन्।

यस्तो सम्मेलन नियमित हुने गरेको छ। नेपालले यसअघि पनि सहभागिता जनाउँदै आएको थियो।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै पनि सैन्य रणनीतिक योजनामा संलग्न हुने नेपालको नीति नरहेको स्पष्ट गर्दै चिनियाँ पक्षलाई आश्वस्त पारेका छन्। चीनको हाङचउमा शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालले लिँदै आएको एक चीन नीतिमा दृढ रहेको बताएका हुन्। एक चीन नीतिप्रतिको प्रतिबद्धतालाई नेपालले व्यवहारबाट पुष्टि गरिसकेको उनको भनाइ थियो।

Shivam cement

२०७८ फागुनमा नेपालले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरसन (एमसीसी) सँगको सम्झौता पारित गरेपछि चीन सशंकित भएको थियो।

सुरुमा माओवादीले एमसीसीको विरोध गरे पनि व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णयमा पुगेको थियो। चीनले एमसीसी पारित नगर्न माओवादीलाई अप्रत्यक्ष रूपमा दबाब दिएको थियो।

प्रकाशित: Sep 24, 2023| 08:19 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्