सोमबार, मंसिर २५, २०८०

सतुंगल र चाबहिलको आगलागीमा एक करोडको धनमाल नष्ट

 |  आइतबार, असोज ७, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

sagarmatha cement

चन्द्रागिरि नगरपालिका-११ मा रहेको चप्पल कारखानामा आगलागी हुँदा ९० लाख रुपैयाँभन्दा बढीको र चाबहिलस्थित एक घरमा आगलागी हुँदा १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

सतुंगलमा चोककुमार श्रेष्ठले सञ्चालन गरेको चप्पल कारखानामा विद्युत सर्ट भएर आगलागी भएको थियो। आगलागीबाट कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा चप्पल बनाउने कच्चा पदार्थ जलेर नष्ट भएको छ। 

यसैगरी काठमाडौंको चाबहिलमा इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Sep 24, 2023| 08:08 आइतबार, असोज ७, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्