बिहीबार, असार १२, २०८२

सन्दीपको बलात्कार मुद्दामा आज पेसी, आउला त फैसला ?

 |  आइतबार, असोज ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

vianetvianet

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दाको पेसी आज (आइतबार) लाई तोकिएको छ। यसअघि असोज १ गते सोमबार पेसी रहे पनि न्यायाधीश अभावका कारण सुनुवाइ नभएर स्थगित भएको थियो। 

सन्दीपविरुद्धको बलात्कारको मुद्दामा यसअघि पटक–पटक अन्तिम फैसलाका लागि पेसी तोकिए पनि फैसला नभइ सर्दै आएको छ। 

असोज १ गते अगाडि सन्दीपको मुद्दामा भदौ २१ गतेका लागि पेसी तोकिएको थियो। उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरी (गौशाला २६)को यकिन जन्ममिति जनाउने कागज माग्ने आदेश गरेको थियो। 

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो। 

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ। सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा ९३० को देहाय (घ)अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। 

उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको छ। १७ वर्षकी एक किशोरीले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालमा जाहेरी दिएकी थिइन्। 

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याइ एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन्। 

प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर उनीमाथि बलात्कारको अनुसन्धान अघि बढाइएको थियो। मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश सुनाएको थियो। 

जिल्ला अदालतको आदेशपछि केही महिना थुनामा बसेका सन्दीप उच्च अदालत पाटनको आदेशपछि सर्तसहित थुनामुक्त भएका थिए। 

प्रकाशित: Sep 24, 2023| 08:04 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्