आइतबार, जेठ २४, २०८३

सोमालियामा आत्मघाती आक्रमण, २० जनाको मृत्यु

 |  आइतबार, असोज ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०
National life
Shivam cement

मध्य सोमालियाको बेलेडवेन शहरमा आत्मघाती कार बम आक्रमण हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। एक सुरक्षा जाँच केन्द्रमा शनिबार भएको आक्रमणमा अरू ४० जना घाइते भएको स्थानीय अधिकारीलाई उद्‌धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। 

ढिलो गरी सुरक्षा बल र स्वास्थ्य टोली घटनास्थलमा पुग्दा बढी क्षति भएको बेलेडवेनका जिल्ला आयुक्त ओमार अलासोले बताएका छन्। आक्रमणमा घर तथा व्यापारिक केन्द्रहरू ध्वस्त भएको र ती घरभित्रका नागरिकसँग सम्पर्क हुन नसकेको उनको भनाइ छ। 

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। सामान्यतया मोगादिसु र सोमालियाका अन्य ठाउँहरूमा अल–शबाब चरमपन्थी समूहले यस्ता आक्रमणहरू गर्ने गर्छ।

प्रकाशित: Sep 24, 2023| 08:01 आइतबार, असोज ७, २०८०
प्रतिक्रिया दिनुहोस्